क्यानडाको टोरन्टोलाई आधार मानेर प्रकाशित सदुत्तर नेपाली पंचांग क्यानडा अनुसार सोह्र श्राद्ध (पार्वण) श्राद्ध तिथिसम्बन्धि विशेष जानकारी
क्यानडा र अमेरिकाका लागी (EST Time Zone )
सोह्र श्राद्ध २०२६ ईसं / २०८३ विक्रम संवत -
भाद्रशुक्ल पूर्णिमाव्रत प्रौष्ठपदी श्राद्ध सेप्टेम्बर २५ शुक्रवार
आश्विन कृष्ण श्राद्ध पक्ष
१. प्रतिपदा श्राद्ध - सेप्टेम्बर २६ शनिवार
२. द्वितीया श्राद्ध - सेप्टेम्बर २७ आईतवार
३. तृतीया श्राद्ध - सेप्टेम्बर २८ सोमवार
४. चतुर्थी श्राद्ध - सेप्टेम्बर २९ मंगलवार
५. पञ्चमी श्राद्ध - सेप्टेम्बर ३० बुधवार
६. षष्ठी श्राद्ध - अक्टोबर १ विहीवार
७. सप्तमी श्राद्ध - अक्टोबर २ शुक्रवार
८. अष्टमी श्राद्ध - अक्टोबर ३ शनिवार
९. नवमी श्राद्ध - अक्टोबर ४ आईतवार
१०. दशमी श्राद्ध - अक्टोबर ५ सोमवार
११. एकादशी - द्वादशी श्राद्ध - अक्टोबर ६ मंगलवार
१२. त्रयोदशी श्राद्ध , मघा श्राद्ध- अक्टोबर ७ बुधवार
१४. चतुर्दशी श्राद्ध शस्त्रादिबाट निधन भएकाको- अक्टोबर ८ विहीवार
१५. औंशी श्राद्ध - अक्टोबर ९ शुक्रवार
१६. मातामह श्राद्ध, औंशी, पितृ विसर्जन- अक्टोबर १० शनिवार
पूर्णिमा श्राद्ध- अष्टमी, द्वादशी, औशी मध्ये कुनै एक दिनमा गर्नु शास्त्र सम्मत हुन्छ ।
ज्योतिषी वास्तुविद आचार्य सुरेश प्रसाद शर्मा