वारको महत्व वासयतीति वासर अर्थात वस् धातुमा णिच् प्रत्यय लागेर वासर शब्दको निर्माण हुन्छ। एक वार अन्तर्गत ६० घडी बा २४ घण्टाको समय रहन्छ ।
आदि प्रत्नस्य रेतसो ज्योतिष्पश्यन्ति वासरम् । परो यदिध्यते दिवा।
सूर्यरूपी तेजलाई सबैले दिनभर हेर्छन भन्ने आशयको यो ऋचाले दिनका रुपमा नै वासर वा वारको प्रयोग गरेको पाइन्छ। यसैगरी महाभारतमा वारको प्रयोग यसरी गरिएको छ।
वारहरू सातवटा हुन्छन् । ती हुन् रवि, सोम, मंगल, बुध, गुरु, शुक्र र शनि । दुई वटा सूर्योदयको बीचको समयलाई १ वार भनिन्छ । सृष्टिको सुरुवात चैत्र शुक्ल प्रतिपदा रविवारबाट भएकोले सर्वत्र विश्वमा रविवार बाट नै वारको गणना गरिन्छ ।
जन्म, मरण, षोडश संस्कार, यात्रा, यज्ञ इत्यादि सर्व माङ्गलिक कृत्यमा वारप्रवृत्ति सूर्योदयबाट नै हुने व्यवस्था भएकोले सावनात्मक दिन व्यवस्था अनुसार नै सङ्कल्प वाक्यमा वर्तमान वार नै उल्लेख गरिन्छ ।
वारको उत्पत्तिको सैद्धान्तिक पक्ष आईतवार पछि सोमवार नै किन ? भन्ने प्रश्नमा ग्रहको कक्षाक्रम प्रमुख मानिन्छ । पृथ्वीदेखि माथि तिर क्रमशः चन्द्रमा, बुध, शुक्र, रवि, मङ्गल, बृहस्पति र शनिको कक्षा रहेको छ । त्यसैले शनिदेखि क्रमशः (अधोऽधक्रमण) चौथो चौथो ग्रह वाराधिप हुन्छ । उदाहरणका लागि शनि देखि चौथो ग्रह रवि भएकोले पहिलो सूर्यवार (रविवार) भयो त्यस्तै सूर्यदेखि तलतिर क्रमले चौथो ग्रह चन्द्र भएकोले दोस्रो वार चन्द्र (सोमवार) भयो। सोम (चन्द्र) देखि चौथो मङ्गल भएकाले सोमवार पछि मङगलवार हुन्छ यसै क्रमले अरु अवशिष्ट वारको पनि ज्ञान गर्न सकिन्छ
मन्दादयः क्रमेण स्युश्चतुर्थी दिवसाधिपाः । (सूसि. भूगोलाध्यायः श्लोक ७८)
सात वार मध्ये शुभवारभित्र सोमवार, बुधवार, बृहस्पतिवार र शुक्रवार पर्दछन् भने आइतवार, मङ्गलवार, शनिवार अशुभवारभित्र पर्दछन् सामान्यतया समस्त शुभकर्म शुभवारमा र पापकर्म अशुभवारमा गरिन्छ
वारको देवता र अधिदेवता सूर्यादि सप्तवारका देवता क्रमशः शिव, पार्वती कार्तिकेय, विष्णु, इन्द्र र काल मानिन्छन् यस्तै गरेर अग्नि, जल, भूमि, विष्णु, इन्द्र, इन्द्राय र ब्रहमा अधिदेवता मानिन्छन् निर्दिष्ट वाराधिपति देवता वा अधिदेवतासँग जोडिएका कृत्यहरू तद् तदद्वारमा गर्न सकिन्छ २.४ रव्यादि वारमा गर्न मिल्ने कृत्यकर्म
रविवार ध्रुवसंझक वार हो । यसमा राज्याभिषेक, गीत निर्माण इत्यादि कार्य गर्न सकिन्छ।
सोमवार चल संज्ञक बार हो । यस दिनमा आभूषण निर्माण धारण, बगैंचा निर्माण, संगीत नृत्यारम्भ, रजतादिकर्म र कृषि कर्म गर्न सकिन्छ।
मङ्गलवार उग्रसंज्ञक वार हो यस वारमा चातकर्म सन्धिविच्छेद, कपटकर्म, युद्ध र हतियारसँग सम्बद्धकर्म अग्निसँग सम्बन्धितकर्म गर्न शास्त्रसम्मत मानिन्छ।
बुधवार साधारण संज्ञक वार हो यस वारमा साहित्य संगीत, कला, अध्ययनारम्भ लेखन कर्म, प्रतिमा निर्माण, धान्यसंग्रह आदि गर्न सकिन्छ त्यस्तै होत्र शुभाशुभमिश्रित कर्म, वृषोत्सर्ग पनि शास्त्र सम्मत मानिन्छ।
गुरुवार क्षिप्र संज्ञक वार हो यसमा यज्ञ हवन, देवार्चन, नवग्रहपूजनादि, शान्तिकारक धार्मिक कृत्य, विद्याभ्यास, नवीन वस्त्र धारण, प्रवासारम्भ, पौष्टिक कर्म, वाहन विषयक क्रय विक्रय, औषधिसम्बद्ध कर्म, अलकार सम्बन्धि कर्म गर्न सकिन्छ।
शुक्रवार मृदु संज्ञक वार हो यस वारमा नृत्य वाद्य-गीतारम्भ, व्यवायकर्म, ऐश्वर्यवर्द्धक कर्म, मैत्रीकरण, आभूषण धारण, वाणिज्य, कृषि तथा धान्य संग्रह प्रशस्त मानिन्छ।
दारुण संज्ञक वार हो यस वारमा अस्त्र शस्त्रको आदान प्रदान, फलाम सिसा धातुको प्रयोग, नवीन गृह ग्राम प्रवेश, असत्य भाषण, विषसम्वद्ध कर्म हाथी घोडाको क्रयविक्रय, यज्ञीय यूप काष्ठका संग्रह तथा विसर्जन, छलकपट आदि प्रशस्त मानिन्छ।
रविवारादि सात वटा वारको दोष देखिएमा समय परिवर्तन गरी हटाउन सकिन्छ जस्तो कि रवि, शुक्र र गुरुवारको प्रभाव दिनमा रहने भएकोले रात्रीकालमा ती वारहरू निष्प्रभावी रहन्छन् त्यस्तै सोम, मङ्गल, शनिवारको दोष रात्रीमा प्रभावी र दिनमा निष्प्रभावी रहन्छ । बुधवारको दोष भने रात्री एवं दिन दुबै समयमा विचारणीय रहन्छ।